काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले अदालतमाथि प्रश्न उठाएका छन् ।
उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनाइएका संरचना भत्काउने विषयमा परेका मुद्दाको सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेपछि बालेनले अदालतमाथि प्रश्न तेर्साएका हुन् ।
आज उच्च अदालत पाटनले टुकुचा क्षेत्रमा महानगरले चलाइरहेको डोजरको विषयमा कारण देखाउ आदेश जारी गरेपछि बालेनले फेसबुकमा अदालतमाथि प्रश्न गर्दै स्टाटस लेखेका छन् ।
उनले लेखेका छन् ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले टुकुचा (इच्छुमती) नदिलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’