राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना चन्द्रागिरी केबलकारमा अड्किन पुगेका छन् । पारिवारसहित चन्द्रागिरिमा पुगेका उनी करिब एक घण्टा केबलकारमा अड्किएका हुन् ।
चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकार रोकिन पुग्दा चन्द्रागिरि डाँडातिर जाँदै गरेका तिमल्सिनासहितका कयौँ यात्रु केवलकारमै अड्किन पुगेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले केहीबेर केबलकार रोकिन पुगेको पुष्टि गरे ।
चन्द्रागिरिमा बेलाबेलामा केबलकारमा यात्रु अड्किने घटना नयाँ भने होइन ।
मर्मतसम्भार समयसमयमा गर्नुपर्नेमा त्यसलाई ख्याल नगर्दा यात्रु कारमै झुण्डिएर बस्नुपर्ने र निसास्सिने अवस्था आएको भन्दै पीडितहरुले केबलकारको निगरानीमा सरकारले ध्यान दिनुपर्ने खाँचो औंल्याएका छन् । यसअघि चैतको दोसो साता ४० भन्दा बढी यात्रु तीन घण्टासम्म केबलकारमा झुण्डिनु परेको थियो ।