रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना भएको छ।
मंगलबार बिहान काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका -१ लुभुघाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा परेर ४ जना महिला र ५ जना पुरुषको मृत्यु भएको छ । उनीहरुको पहिचान खुल्न बाँकी रहेको छ। घाइते भएकामध्ये २४ जनालाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ।