रोटरी क्लब अफ सैबु भैसेपाटीको अध्यक्षमा विकास न्यौपाने चयन भएका छन् । क्लबको १४ स्थापना दिवस र पद हस्तान्तरण कार्यक्रममा उनलाई सन् २०२२–२०२३ को अध्यक्षमा चयन गरेको हो ।
रोटरीको विधान अनुसार एक वर्ष अघिनै अध्यक्ष प्रस्ताब गर्ने प्रचलन हुन्छ । सोही अनुसार न्यौपाने एक वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । क्लबको उपाध्यक्षमा निरञ्जन श्रेष्ठ, सचिवमा चुडा श्रेष्ठ, कोषाध्यक्षमा मदन महत, एड्मिन प्रमुखमा विजयकाजी डंगोल, टिआएएफमा मदन मलेकु, पब्लिक इमेजमा ईश्वर जिसि, सर्जेन्ट आम्समा राजकृष्ण श्रेष्ठ, सर्भिस प्रोजेक्ट चियरमा इन्द्रभक्त मानन्धर, मेम्बरसिप चियरमा शिवगोपाल थापा, प्रेसिडेन्ट नोमिनीमा पिताम्बर खनाल र क्लब ट्रेनरमा लालबहादुर चन्द चयन हुनुभएको छ ।
कार्यक्रममा आगामी कार्यकालको लागि सिहराज थापालाई प्रस्ताब गरिएको छ । बिहीबार ललितपुरमा आयोजित समारोहमा अध्यक्ष्यमा चयन भएका न्यौपानेलाई समारोहका प्रमुख अतिथि पूर्व डिस्ट्रिक गभर्नर जयराज्य लक्ष्मी शाहले पिन प्रदान गरेका थिए ।