मध्यराती फोन गर्ने, दुर्व्यवहार गर्दै बार्गेनिंग समेत गरेको भनेर एक पत्रकार विरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ ।
फरकधार डटकमका सम्पादक शिखर घिमिरेले महिलालाई अस्वभाविक व्यवहार गरेको भन्दै उजुरी परेपछि काउन्सिलले यस विषयमा छानविन गरिरहेको बुझिएको छ ।
सहकर्मी पत्रकारमाथि हिंसा र दुर्व्यवहार गरेको भन्दै काउन्सिलले हालै मात्र नेपाल आजको सञ्चालक माधवप्रसाद गुरागाईलाई कारवाही गर्दै उक्त मिडियालाई कालोसूचीमा राखेको थियो ।
उक्त घट्ना सेलाउन नपाउँदै घिमिरे विवादमा तानिएका हुन् । त्यस विषयलाई गम्भीर रुपमा लिई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार घिमिरेलाई काउन्सिलमै बोलाएर सोधपुछ गरेको बुझिएको छ ।
आफू विरुद्ध अस्वभाविक गतिविधि गरेको भन्दै घिमिरेविरुद्ध एक कलेज सञ्चालिकाले उजुरी दिएकी हुन् ।
पत्रकार घिमिरेले पैसा बार्गेनिंग गर्दै आएको, अनावश्यक म्यासेज पठाउने गरेको उजुरीमा उल्लेख छ । घिमिरेविरुद्ध अर्का एक बैंकका कर्मचारीले समेत उजुरी दिएका छन् । काउन्सिल र प्रहरीको साइवार ब्यूरोले संयुक्त रुपमा ती उजुरीमाथि सुनुवाई गरिरहेको काउन्सिल स्रोतले जनाएको छ ।
उजुरीमा उक्त मिडियाले ब्लाकमेलिगं गर्दै आएको, अनावश्यक आर्थिक सहयोग गर्नुपर्ने जस्ता म्यासेज कल गर्ने गतिविधी गर्दै आएको समेत उल्लेख छ । साथै रातको समयमा फोन तथा म्यासेज गरि दुःख दिने गरेको विवरणसहित उनीहरू काउन्सिल पुगेका हुन् ।
काउन्सिलले केही महिना अघि कतिपयले पैसा बार्गेनिंग गरेको गुनासो बढ्दै गएकाले त्यसको प्रमाणसहित उजुरी आह्वान गरेको थियो । त्यस्तै महिलामाथि हुने दूव्र्यवहारका घट्नालाई समेत काउन्सिलले प्राथमिकता साथ हेरिरहेको प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले बताए ।