एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।
उक्त बैंकका ग्राहकहरूले सिजी डिजीटलको उत्पादनहरुको खरिदमा दुई हजारसम्मको क्याब्याक पाउनेछन् । बैंकले जारी गरेको विज्ञप्ती अनुसार रु बीस हजारको खरिदमा दुई हजार बराबरको क्यासब्याक पाइनेछ । क्यासब्याक पाउनको लागि एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्नुपर्ने हुन्छ ।
दराजमा पनि छुट
एनएमबि बैंकको ग्राहकले दराजबाट समान खरीद गर्दा १० प्रतिशत वा रु एक हजार सम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा रु. एक हजार पाँचसय सम्म छुट पाउन सक्नेछन् । यो योजना चैत्र २८ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुनेछ ।
एपबाट स्क्यान गर्दा हेलिकप्टर चढ्ने मौका
एनएमबि बैंकको ग्राहकहरुले e-NMB एप बाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको भुक्तानी गर्दा १० प्रतिशत वा रु.१०० सम्मको क्यास ब्याक पाउनुको साथै हेलीकप्टर चढी सगरमाथा सम्म भ्रमण गर्ने मौका पाउनेछन्।
उक्त छुट प्रप्त गर्नको लागि ग्राहक महानुभावहरुले आफ्नो e-NMB एप डेबिट कार्ड सक्रिय गरी ई-कमर्स पनि सक्रिय गर्नु पर्नेछ ।
सस्तो डिलबाट सामान खरिद गर्दा पहिले भन्दा धेरै सस्तो
सस्तो डिलबाट यस बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा रु. दुई हजार सम्म छुट पाउन सक्नेछन् ।
माथि उल्लेखित योजनाहरू नयाँ वर्षको अवधिमा चैत २९ गतेदेखि सिमित अवधिको लागि मात्र मान्य हुनेछन् ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।