इन्टरनेट सेवा प्रदायक भायानेटका ग्राहकहरूले अब मिदास इ-क्लास निशुल्क रुपमा चलाउन पाउने भएका छन् ।
नेपालमा ई-लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग भायानेटले गरेको सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ-क्लास एक महिना निःशुल्क चलाउन पाउनेछन्।
नर्सरी देखि कक्षा १० सम्मका लागि सरकार द्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास इ-क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सकिन्छ।
विभिन्न ट्युटोरियल भिडियोहरू, क्विजहरू, र विभिन्न अन्तर-क्रियात्मक कार्यक्रमहरु त्यहाँ रहेका छन् ।विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एस.इ.इ नजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई फाइदा पुग्ने बताइएको छ।
भायानेटका अनुसार बैशाख २०७९ सम्म मिदास इ-क्लास निशुल्क चलाउन पाइन्छ यसका लागि भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास इ-क्लास दाबि गर्नुपर्नेछ।
उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायनेटले देश विदेशमा रहेका विभिन्न संस्थाहरूसँग साझेदारी गर्दै आएको छ।
निशुल्क इ-क्लासबारे थप जानकारीका लागि: https://www.vianet.com.np/midas/