सञ्चारकर्मी ऋषि धमलाले प्रधामन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको क्रममा नेपाल फर्किँदै गर्दा विमानभित्रैबाट *प्रत्यक्ष प्रशारण गरेको सामाग्रीप्रति प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टिकरण पत्र काटेको छ ।
काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले आज (मंगलबार) ५९२ चलानी नम्बरमा राखेर काटेको पत्रमा बलजफती जबरजस्तीरूपमा प्रवेश गरेकोमा २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको हो ।
धमलालले यसअगाडी नेपाल बारको आन्तरिक बैठकमा पनि अनुमतिबेगर बैठकस्थलमा प्रवेश गरी प्रत्यक्ष प्रशारणको प्रयास गरेका थिए ।
प्राइम टाइम्स टेलिभिजनबाट २०७० चैत २० गते जनता जान्न जाहन्छन् कार्यक्रमअन्तर्गत ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिंड, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षकमा राखिएको भिडिओमा वायु सेवाका कर्मचारीहरुले सेक्युरिटी पोटोकलविपरीत हो, यसो नगरिदनुहुन, यसो गर्न मिल्दैन’ भन्दाभन्दै पनि बलजफती जबरजस्तीरुपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिज्युअल रेकर्ड गरेकोमा काउन्सिलले २४ घण्टाभित्र स्पष्टिकरण माग गर्दै पत्र काटेको हो ।
पत्रमा भनिएको छ “सुरक्षा संवेदनशीलतालाई नजर अन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफतीरुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो । त्यहाँबाट पटकपटक यस्तो गैहपेसागत क्रियाकलाप किन हुन पुगेको हो पत्रकारिता क्षेत्रको मयांदा विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशानुसार सूचित गरिन्छ।”
यस विषयमा हामीले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतसँग सम्पर्क गरेका थियौं । केटिएम दैनिकसँगको सम्पर्कमा अध्यक्ष बस्नेतले भने “*बुम बोक्दैमा क्यामरा भिर्दैमा पत्रकारहरूलाई छुट मिल्दैन । पत्रकारिताको प्रतिष्ठा गरिमा बचाउने काम पत्रकार स्वयमको हो । यसतर्फ गम्भिर हुन हामी सबै सञ्चारकर्मी साथीहरूलाई गम्भिर हुन आग्रह गर्दछौं ।”
धमलाको उक्त व्यवहार युट्बुर भन्दा पनि तल्लो स्तरको भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठ फेसबुकमा लेख्छन् “प्रविधिको विकासले प्रत्यक्ष प्रसारण अहिले मोबाइलबाट जसले पनि गर्न सक्छ, पहिले जस्तो टिभी वा रेडियोको भर पर्नु पर्दैन। मूलधारे मिडिया कै ‘नाम चलेका’ पत्रकारले हामी प्रत्यक्ष प्रसारणमा छौँ भन्दै हिजो जे प्रसारण गरे, त्यति त कुनै युट्युबरले पनि अहिलेसम्म गरेका छैनन् होला।”
श्रेष्ठले लेखेका छन् “हामी युट्युबरसित ५ लाख लिएर लाइसेन्स दिएपछि सब ठीक हुन्छ भन्ने सोच्छौँ। लाइसेन्स लिएपछि लाइसेन्सधारीहरुले गरिआएकै कुरा सिक्ने त होला नि।”
त्यस्तै अर्का पत्रकार उद्धव पौडेलले पनि यस विषयमा कुरा उठाउँदै आएका थिए ।
*सच्चाइएको