काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
उनका अनुसार अर्घखाचीका ३२ वर्षीय पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
शुक्रबार थप १७० सहित नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस बिफ्रिङ्गमा प्रबक्त्ता बिकास देवकोटाले उक्त्त जानकारी दिएका हुन् ।
वितेको २४ घन्टामा १९ जना सङक्रमितहरु निको भएर घर फर्केका छन् ।
काठमाडौंको टेकुबाट २ जना पाटन अस्पतालमा ७ जना बलम्बु अस्पतालबाट २ जना र दाङ्गबाट ८ जना गरेर १९ जना निको भएर घर फर्केका हुन् ।
प्रदेश अन्तरगत हेर्दा प्रदेश १ मा ३० जना प्रदेश २ मा १०२ जना बाग्मति प्रदेशमा २० जना गण्डकी प्रदेशमा २ जना प्रदेश ५ मा ४७ जना र कर्णाली प्रदेशमा ५ जना निको भएर फर्केका छन् ।