काठमाडौंको बालाजुमा मिनी ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
गोंगबुबाट बालाजुतर्फ जाँदै गरेको बा २ क ५४८५ नम्बरको मिनी ट्रकसँग ना ६५ प २८०१ नम्बरको स्कुटर ठोक्किँदा हिजो राति दुई जनाको ज्यान गएको हो ।
महानगरीय ट्राफिक महाशाखाकाका अनुसार दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको छ । मिनी ट्रकका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
गत मंगलबार भक्तपुरमा टिपरको ठक्करमा मध्यपुरथिमि–४ मा ड्युटीमा खटिएका सईको मृत्यु भएको थियो ।
सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका दाङको रामपुर घर भएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।
घाइते सईको नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनी महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए । प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई नियन्त्रणमा लिएको छ ।