प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची छ ।
संसद सचिवालयले निकालेको सूचनामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा ‘एमसीसीमाथि छलफल गरियोस्’ भन्ने उल्लेख छ । संसदमा एमसीसीमाथि छलफल चलाउन प्रस्ताव पेस गर्नुपर्ने अर्थमन्त्री शर्मा भने पवर्ततिर घुमघाममा छन् ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर बाग्लुङ बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नवनिर्मित स्काइ क्याफेमा बसेर खाजा खाएका छन् ।
कालीगण्डकी नदि खोँचमा नदि देखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरिमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा शर्मा श्रीमती लक्ष्मी पौडेलसँगै बसेर आनन्द लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले केटिएम दैनिकलाई बताए । त्यसपछि उनी पर्वत जिल्ला अस्पतालको निरीक्षण गरेर माओवादी कार्यकर्तासँग भेटघाट गरेका थिए ।
पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफि सहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिब्यक्ती दुई हजार ५ सय शुल्क लाग्छ भने भिडियो पनि सोही शुल्क अन्तर्गत नै पाइन्छ ।