
काठमाडौँ- काठमाडौँ उपत्यकासहित नेवार समुदायको बसोबास रहेको ठाउँमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायका व्यक्तिहरूले फरक तरिकाले मनाएका छन् ।
तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई ‘प्राइड डे अर्थात् गौरव दिवस’का रूपमा मनाएका हुन् ।
यसपटक भने यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायका व्यक्तिहरूले दुई फरक(फरक ठाउँबाट र्याली निकालेका छन् ।
मायाको पहिचान नामक संस्थाले ठमेलको कर्मचारी सञ्चयकोष भवनबाट र नील हिरा समाजले नारायणचौर नक्सालबाट र्याली निकालेका छन् ।
काठमाडौँ उपत्यकामा भने नील हिरा समाजले २२ वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रूपमा मनाउँदै आएका छन् ।
तर, मायाको पहिचान नामक संस्थापले भने पहिलो पटक र्याली निकालेका हुन् । उनीहरूले र्यालीमा विभिन्न नारासमेत राखी आफ्ना हक र अधिकारहरू स्थापनाका लागि माग समेटेका छन् ।