काठमाडौँ। भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन भएका छन् । धादिङका प्रशासनका अनुसार ज्वालामुखी गाउँपालिका-२ काफलपानीका चार जना सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन हुनेहरूमा लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ छन् ।
उनीहरू कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरूकै परिवारका सदस्यहरूबाट जानकारी पाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खोजीका लागि गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई आग्रह गरिएको छ ।
साउन २० गते धराली बजारमा आएको बाढीले ठुलो जनधनको क्षति पुगेको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ । उनीहरू पनि त्यहीँ फसेको हुनसक्ने आशंका गरिएको छ ।