हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्कीले कोरोना भाइरसलाई जितेका छन् ।
झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्की आज आइतबार तस्विर शेयर गर्दै आफुले विश्वभर फैलिएको कोरोनालाई जितेको जानकारी गराएका छन् । उनि कोरोना पुष्टी भएपछि लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा बस्दै आएका थिए ।
लण्डनमा कोरोना भाईरसका कारण दिनहुँ नेपालीमा कोरोना संक्रमण देखा पर्ने थालेपछि सुवास कार्की बेलासेले साथीहरु नेपाल फर्केन आग्रह समेत गरेका थिए । उनलाई करिव २ हप्ताअघि कोरोना पोजेटिभ देखिएको थियो ।
संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको निगरानीमा लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बस्दै आएका थिए ।
उनले फेसबुकमा २ वटा तस्विर राखेका छन् । पहिलो तस्विरमा कोरोना लागेको बेला भन्दै क्याप्सन राखेका छन् भने दोस्रो तस्विरमा छोरीसहित कोरोनामुक्त भएकोमा सम्पूर्ण साथिभाई र आफ्न्तप्रति धेरै धेरै धन्यवाद लेखेका छन् ।
करिब २ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका उनले अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई सामान्य नठान्न अनुरोध गरेका छन् । ‘यो निकै भयावह रहेछ, मलाई बाँच्ने आशा नै हराइसकेको थियो, तैपनि समयमै उपचार पाएकाले र साथीभाई, आफन्त र शुभ चिन्तकहरुको मायाले ठिक भएँ ।’ खुशी हुँदै उनले भने ।
कोरोना जित्न आत्मबल जरुरी रहेको उनले अनुभव सुनाए । ‘सकेसम्म लाग्न नदिनु नै उत्तम हो, केहि गरि लागि हाले पनि नआत्तिकन सबै सूरक्षा अपनाएर आत्मबल दरिलो बनाउन सकियो भने आधा रोग त त्यसै निको हुने रहेछ ।’ बेलासेले भने ।
नेपालमा रहँदा ‘वेलासे’ हाँस्य टेलिसिरियल भद्रगोलमा एक समय निकै रुचाइएका पात्र हुन् । उनी यसका निर्माता पनि थिए । उनले प्रयोग गर्ने थेगो ‘खै हुन्छ भन्ने कि हुदैन भन्ने, म त केही सोच्नै सक्दिन, तनाबै तनाब छ , गोजीमा २ रुपैयाँ छैन’ , पछिल्लो समय निकै रुचाइएको थियो । यसले गर्दा नै उनलाई धेरैले चिनेका हुन् ।