नबिल बैंक लिमिटेडको संचालक अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीज्यूबाट बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय श्री नीलम ढुङ्गाना तिम्सिना, श्री बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।
नबिल बैंकले ३७ औं साधरणसभा सम्पन्न गरको तथा अहिले सम्म गरिआएको कार्यहरुलाई, गभर्नर ज्यूले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख ५ ।
शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो ।
पौष ३० गते सम्पन्न बैंकको ३७ औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) लि. को प्रतिनिधिको रुपमा पौडेललाई निर्बिरोध निर्वाचित गरेको हो ।
सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको यस बैंकले १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत सेवा दिँदै आएको छ ।