कोही गरिब, कोही धनी, के कारणले छ ??
सोचौँ त खै गम्भीर बनी, के कारणले छ ??
***——————————-***
विश्व जित्न पुग्छन् अरु, अन्तरीक्ष पुग्छन् ।
यो देश बन्धक अझै पनि, के कारणले छ ??
***——————————-***
हाम्रा मन्त्री सांसद हेरौँ, राजा जस्ता छन् ।
हाम्रो भागमा पीडा छ नि, के कारणले छ ??
***——————————-***
दु:ख पीडा कष्ट अभाव, सब षड्यन्त्र हुन् ।
आखिर यस्तै छ त अनि, के कारणले छ ??
***——————————-***
प्राकृतिक र सामुहिक हो, यो दुनियाँ सब ।
यो अन्याय, यो सनसनी, के कारणले छ ??
® बडुवाल कपिल सिजापति, अछाम