जनवरी १ मा नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न कुनै वैज्ञानिक तथ्य नै । नयाँ वर्षको रौनक सुरु हुँदै गर्दा आम मानिसमा अनेकौँ जिज्ञासा र कौतुहलता हुनु स्वाभाविकै हो ।
हाम्रो पञ्चाङ्ग तिथि, बार, नक्षत्र, योग र करण आदिको ध्यानमा राखेर गणना गरिएको थियो, जुन विभिन्न चाडपर्वसँग मेल खाएको छ।
हाम्रो क्यालेन्डरअनुसार नयाँ वर्ष चैत्र शुक्ल पक्षको प्रतिपदादेखि सुरु हुने गर्दछ । यसको पछाडि खगोलीय अवस्था सँगसँगै भौगोलिक तथा सांस्कृतिक र ऐतिहासिक तथ्यहरू पनि जोडिएको छ ।
यही समयबाट नयाँ ऋतु तथा बोटबिरुवाले नयाँ पालुवा हाल्ने, सूर्य पनि यही समयमा प्रथम राशि मेषमा गोचर गर्दछ । तर जनवरी १ बाट नयाँ वर्ष मनाउनुमा कुनै प्रकारको खगोलीय आधार भने देखिन्न ।
सन् २०२२ ज्याेतिषीय दृष्टिकोणले विश्व जगत्का लागि महत्त्वपूर्ण सालका रूपमा रहने छ । यो सालमा चार ठुला र शक्तिशाली ग्रहहरूले राशि परिवर्तन गर्ने हुँदा यसको प्रभाव विश्वभर फरक-फरक रूपमा देखा पर्ने छ ।
विश्वमा हुने ठुला परिवर्तनले हामी नेपाली हरूको जीवनमा पनि प्रत्यक्ष रूपमा प्रभाव पारिएकाको हुन्छ । शनि, बृहस्पति, राहु तथा केतु ग्रहहरू बाहेक अन्य पाँच ग्रहहरूको राशि परिवर्तन भने हरेक ३० देखि ४५ दिन भित्र भइरहेको हुन्छ ।
अङ्ग्रेजी नयाँ वर्षमा यी चार ठुला ग्रहको राशि परिवर्तनले विश्व बजारमा यसको प्रभाव सकारात्मक तथा नकारात्मक प्रभाव देखा पर्ने छ ।शनिवार देखी वर्ष प्रारम्भ हुने हुँदा विशेष गरी पश्चिमी देशहरूको चासो नेपालमाथि रहिरहनेछ ।
बृहस्पति शनि ग्रह भन्दा अगाडि रहेकाले ठुला देशको दबाबमा कुनै पनि कार्य सफल हुन सक्दैनन् । सेयर बजारमा लगातार को व्यापार घाट अप्रिल १९ पछि लगातार उकालो लाग्ने छ ।नेपालको अर्थ राजनीतिमा पनि परिवर्तनको योग रहेको छ ।
फेब्रुअरी २२ तारिख देखि मार्च २३ सम्म देव गुरु बृहस्पति पश्चिमा अस्त अवस्थामा रहनेउँधा विशेष गरी सङ्कल्प गरेर गरिने ठुला धार्मिक अनुष्ठानहरू पूर्ण रूपमा बन्द रहनेछन् । विश्वमा नयाँ कोरोनाको रूपमा देखा परेको भाइरसले विश्वका पश्चिमी देशहरूमा उच्च प्रभामा ल्याउन खोज्नेछ ।
डलरको मूल्यमा वृद्धि हुनुका साथै तेल तथा खाद्यान्नको मूल्य वृद्धि हुने योग रहेको छ । पुनः अप्रिल १० तारिख सन् २०२२देखि बृहस्पतिले शनिको राशि छोडेर आफ्नै राशि मीनमा गोचर गरेपछि सकारात्मक प्रभाव विश्वभर देखिनेछ । कोरोनालाई पूर्ण रूपमा नियन्त्रणमा राख्न सकारात्मक पहल हुनुका साथै घट्दै आएको सेयर बजारमा अचानक वृद्धि बढ्ने योग रहेको छ । खेलकुद मनाेरन्जन्का क्षेत्रहरू बिस्तारै अगाडि बढ्दै जानेछन् ।
अहिलेको समयमा नेपालका लागि कुनै पनि वैदेशिक आर्थिक सहयोग आउने ग्रहयोग बनेको छैन। अप्रिल ४ सम्म यस्तै अवस्था रहिरहने योग भएकाले यसको प्रभाव समग्र सामाजिक,आर्थिक तथा राजनैतिक क्षेत्रमा समान रूपमा पर्ने देखिएको छ ।ठुला तथा नाम चलेका आर्थिक काम गर्ने सङ्घ संस्थालाई अहिलेको याङगले पूर्ण रूपमा प्रभाव पर्ने छ ।
जसका कारण बैङ्किङ क्षेत्रमा समेत यसको प्रभाव पर्ने देखिएको छ । साझेदारीमा चलेको सरकारलाई पनि यसको उच्च प्रभाव रहने हुँदा विशेष सावधानी अपनाउनुपर्ने ग्रहयोगले देखाएको छ ।
ग्रहका न्यायाधीश शनि ग्रह पनि वर्ष भरिनै स्थिर अवस्थामा रहनेछैनन् जसका कारण विभिन्न राशिलाई शनिको साढेसाती दशा लाग्ने र छोड्ने क्रम चलिरहेछ । निग्रह स्थिर नहुँदा नेपाल लगायत पूर्वी तथा दक्षिणी देशहरूमा कानुनको कडा नियम पालना गर्नुपर्नेमा आवाज उठ्ने छ । सवारी तथा वायु यान दुर्घटना केही बढ्ने योग रहेको छ । शनिवार देखी नयाँ सालको सुरुवात हुने भएकाले विशेष सावधानी भने अपनाउनुपर्ने छ ।
करिब १८ वर्ष ७ महिना पछि अप्रिल १० तारिख देखि पुनः राहु मेष तथा केतु ग्रह तुला राशिमा आउने छन् । राहु तथा केतु सधैँभरि वक्री गतिमा चल्ने ग्रह भएका पनि यसको फल पनि मिश्रित रूपमा पर्ने छ । राहु अग्नि कारक ग्रहको राशिमा गोचर गरेपछि विश्वव्यापी देखिएको विभिन्न भाइरस नियन्त्रणमा आउनेछन् ।
तुला राशिमा बसेको केतुग्रहकाे कारण विभिन्न बैङ्किङ प्रणालीमा अन्तर्राष्ट्रिय ह्याकरको जोखिम रहनेछ । मिडिया टेक्नोलोजीले विश्वास गुमाउनुपर्ने योग रहेकाले विशेष सावधानी अपनाउनुपर्ने छ । विशेष गरी मेष,वृष,मकर तथा धनु राशि हुनेहरूको लागि राहु तथा केतुको नकारात्मक फल प्राप्ति हुने छ भने मिथुन,कर्कट,तुला तथा वृश्चिक राशि हुनेहरूका लागि भने सकारात्मक फलमा वृद्धि हुनेछ ।
सन् २०२२ मा मीन राशि हुनेहरूका लागि शनिको साढेसाती दशा प्रारम्भ हुनेछ भने कर्कट, तथा वृश्चिक राशि हुनेहरूका लागि शनिको अडैया दशा प्रारम्भ हुनेछ ।धनु राशिलाई साढेसाती दशा मिथुन र तुला राशि हुनेहरूका लागि भने शनिको अडैया दशा समाप्त हुनेछ ।
शनि मकर राशिमा हुँदा धनु,मकर तथा कुम्भ राशि हुनेहरूका लागि शनिको साढेसाती दशा चलिरहने छ भने मिथुन तथा तुला राशि हुनेहरूका लागि अडैया दशा चलिरहनेछ । शनिको विधिवत् पूजा तथा आराधना गरेमा शुभ फलमा वृद्धि हुने छ