काठमाडौं । उपत्यकामा कोरोना भाईरस संक्रमितको संख्या २९ पुगेको छ । बैशाख ११ गते सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेपछि काठमाडौं कोरोना संक्रमित मुक्त बनेका थियो । सबै संक्रमण मुक्त्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट मार्फत खुशी व्यक्त्त गरेका थिए । तर त्याे खुशी धेरै टिक्न पाएन ।
काेराेना मुक्त्त भएर सनसिटी अपार्टमेन्ट फर्किएका पुरुषमा पुन: संक्रमण देखियाे । काेराेना मुक्त्त भएपछि सरकारले काठमाडाैंकाे लकडाउन निकै खुकुलाे पार्याे । हेर्नुहाेस तस्विर
लकडाउन केही खकुलो गर्न सुरुमात्र के गरेको थियो बैशाख ३० गते एकैपटक ३ जनामा संक्रमण देखिएको थियो । ती ३ संक्रमित चन्द्रागिरीकी ३३ वर्षीय महिला, भक्तपुरकी २५ वर्षीय महिला र २७ वर्षिय पुरुष रहेका थिए । उनीहरु तीनै जना उपत्यका बाहिरबाट आएका थिए ।
चन्द्रागिरी नगरपालिका ९ की महिला बैशाख २९ गतेमात्र कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन् । लकडाउन हुनुभन्दा पहिले नै पारिवारिक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी निजी गाडीको पास बनाएर काठमाडौं आएकी थिइन् ।
यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९ गते नै काठमाडौं आएकी थिइन् । त्यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएका थिए । उनी पनि सवारी पास बनाएर काठमाडौं छिरेका थिए ।
यसरी उपत्यकामा एकपछि अर्को कोरोना संक्रमित थपिँदै गएपछि कोरोना संक्रमितको संख्या ३३ पुगेको थियो । तर, बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमित निको भएपछि उपत्यकामा कोरोना संक्रमितको संख्या २९ पुगेको हो ।
उपत्यकाका कोरोना स्क्रमितहरु कुन कुन अस्पतालमा छन् ?
उपत्यकाका २९ संक्रमित हाल तीन अस्पतालमा उपचार गराईरहेका छन् । अहिले टेकु अस्पतालमा ४ जना डिस्चार्ज भएसँगै १ जना मात्र संक्रमित बाँकी रहेका अस्पतालका निर्देशक डा. सागर राज भण्डारी बताए ।
पाटन अस्पतालमा १३ जना संक्रमित उपचार गराईरहेकाे अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले जानकारी दिए ।
यस्तै सशस्त्र प्रहरी अस्पतालमा १५ जना संक्रमित उपचार गराईरहेको डिआईजी चन्द्र अधिकारी जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरु बताउँछन् ।