पाँचथरमा लोहोरोले हानेर पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका ईन्द्रकुमार नेम्बाङ रहेका छन् । उनलाई पाँचथर प्रहरीले पत्नीको हत्या आरोपमा पक्राउ गरेको हो ।
पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायशी विषयमा वादविवाद हुँदा ईन्द्रले रिसको आवेगमा आइ पत्नी ४५ वर्षीया जीवनकुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा हानेका थिए । लोहोरो प्रहारबाट घाइते भएकी नेम्बाङको उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो ।
उनको उपचारको क्रममा आइतबार बिहान साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै पाँचथर प्रहरीले ईन्द्रलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।