६ वर्षअघि राजेशपायल राई र मेलिना राई दुवैको आवाजमा फरक–फरक भर्सनमा रेकर्ड भएर बजारमा सार्वजनिक भएको गीत हो ‘तिमीले बाटो फेर्यौ अरे, अर्कैलाई हेर्यौ अरे।’ ।
गीत यति रुचाइयो कि युट्युबमा सर्वाधिक हेरिएको आधुनिक गीतको सूचीमा पर्यो। अहिले करिब दुइ करोडको नजिक भ्युज छ।
पहिलो र दोश्रो संस्करणपछि हालै सार्वजनिक भएको यो गीतको तेश्रो भर्सनले पाइरहेको तारिफले पनि दंग छन्, गीतकार दर्पण राई। छोटो समयमा गीतलाई युट्युबमा चार लाख ५३ हजार बढीपल्ट हेरिएको छ।
‘क्वालिटीका हिसाबले पहिलो र दोश्रो भर्सनभन्दा अझ मिहनेत गरेका छौं। गीत स्लो भर्सनमा छ। सायद श्रोताले उस्तै प्रेम गर्नुहुनेछ,’ दर्पण आशावादी छन्।
तेश्रो भर्सनमा स्वर मेलिनाकै छ भने यसमा संगीत विक्रम राइले भरेका छन्। दोश्रो भर्सनमा पनि विक्रमकै संगीत थियो तर पहिलो भर्सनमा भने टंक बुढाथोकीले संगीत गरेका थिए।
शान थापाले निर्देशन गरेको तेश्रो भर्सनको भिडियोमा पनि दर्पण र मेलिना नै फिचर्ड छन्।
भिडियो