काँग्रेस नेतृ आरजु देउवा राणाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।
उनले महिला कोटाको खलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् । देउवा पत्नी उनले केही बेरअघि राष्ट्रिय सभागृह पुगेर मनोनयन दर्ता गराएकी हुन् । देउवा भने सभापतिको उम्मेदवार रहेका छन् ।
महाधिवेशन प्रतिनिधि खुला (महिला)तर्फ कांग्रेस नेतृ डा. आरजु राणा डडेलधुराबाट निर्विरोध भएकी थिइन् ।
कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट कांग्रेसले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।
त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ ।