स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रवक्ता प्रा.डा जागेश्वर गौतमले कोरोनाको नयाँ भेरिअन्ट इण्डिया छिरेपछि नेपाल आइहाल्ने बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रीकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै विश्वमै तरंग ल्याएको जनाएको । यतिबेला शक्तिशाली देश अमेरिका, क्यानडा, बेलायत, युरोपीयन मुलुक र छिमेकी देश भारतले पनि उच्च सतर्कता अपनाउन सुरु गरेका छन्।
प्रारम्भिक रिपोर्टहरूमा भ्याक्सिनले पनि यो भाइरसको सङ्क्रमणलाई रोक्न नसक्ने जनाउँदै जागेश्वर गौतम भन्छन् “दक्षिणी अफ्रीकन कण्ट्रीहरुमा देखिएको कोभिड नया भेरिएण्टलाइ भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रेपोर्ट आएको छ, यो इण्डिया छिरेपछी नेपाल आइहाल्छ” ।
दक्षिणी अफ्रीकन कण्ट्रीहरुमा देखिएको कोभिड नया भेरिएण्टलाइ भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रेपोर्ट आएको छ, यो इण्डिया छिरेपछी नेपाल आइहाल्छ, त्यसैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुको कुनै बिकल्प छैन, आफू बचौ र अरुलाइ पनि बचाऔ।
— Prof Dr Jageshwor Gautam (@gautamjageshwor) November 27, 2021
गौतमले सामाजिक सञ्जाल ट्विटरमा उक्त कुरा बताएका हुन् । उनले अहिले चितवनमा भैरहेको एमालेको १० औं महाधिवेशन अब हुने भनिएका राप्रपा र नेपाली काँग्रेसका महाधिवेशनले कोरोना सङ्क्रमण फैलिनसक्ने तर्फ संकेत गर्दै भन्छन् “देशभरी र खासगरी चितवन, काठमाडौका महाधिवेशनहरुले कोरोना फैलिने पक्का छ, बिनासकाले बिपरित बुद्धि।”
यसै क्रममा नेपालले पनि नयाँ भेरियन्टको जोखिम रोक्न तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट देखिएको भन्दै रोकथामका लागि तयारी थालेको हो। मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नयाँ भेरियन्ट फैलिएका देशबाट आउने नागरिकका सन्दर्भमा पहिले नै जारी भएको आदेश कार्यान्वयनमा ल्याउन सकिने बताए।
देशभरी र खासगरी चितवन, काठमाडौका महाधिवेशनहरुले कोरोना फैलिने पक्का छ, बिनासकाले बिपरित बुद्धि। https://t.co/u1SWXOqEHO
— Prof Dr Jageshwor Gautam (@gautamjageshwor) November 27, 2021
‘दक्षिण अफ्रीकाबाट ‘डाइरेक्ट’ फ्लाइट छैन। ट्रान्जिट प्वाइन्टहरुमा विशेष सावधानी अपनाउँछौं। प्रभावित देशबाट आएका जो-कोही क्वारेन्टीनमा बस्नुपर्छ,’ उनले भने। उनले नेपालमा कोरोना जोखिम नटरेको भन्दै संक्रमण रोकथामका लागि पूर्वाधारहरु तयारी अवस्थामा रहेको बताए। स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्क तयारी अवस्थामा राखेको जनाएको छ। यसैबीच आइतबार सीसीएमसीसीको बैठक बस्दै छ। बैठकले थप निर्णय लिनसक्ने बताइएको छ। सीसीएमसीसीको बैठक प्रत्येक आइतबार बस्दै आएको छ।