सरकार तिमी रेमिट्यान्समा रमाउने
हाम्रो युवा खाडी अरबमा पलायन
तर पनि तिमीलाई छैन कुनै चिन्ता
******************************************************
शिक्षामा परिवर्तन चाहेनौ सरकार तिमीले
अंग्रेजीकरणसँगै विद्यार्थी विदेश पलायन
तर पनि तिमीलाई छैन कुनै चिन्ता
******************************************************
साक्षर र शिक्षित मात्रै बनायौ तिमीले
उत्पादन र सीपको बेवास्ताले शिक्षित भयो बेरोजगार
तर पनि तिमीलाई छैन कुनै चिन्ता
******************************************************
ग्लोबलाइजेसनको नाउँमा पराधीन हुँदा नि
देशभक्त र स्वाभिमानी विद्यार्थी बनाएनौ तिमीले
तर पनि तिमीलाई छैन कुनै चिन्ता
******************************************************
हरेक चाडपर्वमा स्वदेश फर्किने नेपाली
हिजोआज कुन बाध्यताले जान थाले विदेश
तर पनि तिमीलाई छैन कुनै चिन्ता
सूर्यमढी -९, भक्तपुर