काठमाडौँ । सोमबार सेयर बजार ११ महिनायताकै उच्च बिन्दुमा पुगेको छ ।
बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.७६ अंक बढेको छ । सो वृद्धिपछि २८९२ अंकमा कायम भएको छ । यो अंक गत वर्षको ९ भदौयताकै उच्च हो । सो दिन २८९४ अंकमा थियो ।
कारोबार रकम केही घटेको छ । अघिल्लो दिन २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज १६ अर्ब ३२ करोडको भयो ।
बजारको आकार (सबै सूचीकृत सेयरको बजार मूल्य)मा भने नयाँ रेकर्ड बनेको छ । बजारको पुँजीकृत रकम (आकार) ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघि गत १८ फागुनमा ४७ खर्ब ९९ अर्बको रेकर्ड बनेको थियो ।