
काठमाडौँ । साफ महिला यु-२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र टिम बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।
नेपाली यु-२० महिला फुटबल टोली साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिड्न लागेका हो।
प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित वसुन्धरा किंग्स एरेनामा हुँदै छ। यो खेल साँझ ६:४५ बजेबाट सुरु हुने छ।
हालसम्म बंगलादेशले सबै पाँच खेलमा जित हासिल गरेर १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपालले ४ जित र १ हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।