नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारस्थित एक घरबाट ६४ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ।
विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक सुमन बिकको कमान्डमा खटिएको टोलीले बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट उद्धार गरेको हो।
उद्धारका क्रममा श्रेष्ठ अचेत अवस्थामा फेला परेकी थिइन्। उद्धारपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक लगिँदैछ।
मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरिने र स्वास्थ्य अवस्थाअनुसार थप उपचारका लागि उनलाई काठमाडौं पठाइने तयारी गरिएको छ।