काठमाडौं। नेकपा (एमाले) सम्पर्क विशेष कमिटीले रसुवा बाढीका घाइतेको उपचारमा आवश्यक रगत अभाव हुन नदिन शनिबार पार्टी कार्यालय च्यासलमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुकले रक्तदान गरेका थिए। बाढी प्रभावित घाइतेको उपचारमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीमा ज्यान गुमाएका १ हजार ३ सय ४४ जनाको शव फेला परेको र ५ हजार जना अझै सम्पर्कविहीन रहेको आयोजकले जनाएको छ।
बाढीपछि ५ हजार ६ सय ६३ घाइतेको उपचार भइसकेको छ भने ३ सय १४ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्।