काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता तथा सिरहाका गणेश यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले चारै जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिए।