काठमाडौं – पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका तीन नेपाली आरोहीको शव मंगलबार नेपाल ल्याइने भएको छ ।
सांसद मिङ्माडेभिड शेर्पाका अनुसार किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव कतार एयरवेजको उडानमार्फत दोहा हुँदै काठमाडौं ल्याउन लागिएको हो ।
कतारबाट उडेको जहाज मंगलबार अपराह्न ४ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गरेपछि तीनै जनाको पार्थिव शरीर नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने जनाइएको छ ।