काठमाडौँ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा काँग्रेस नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत भेटिएका छन् । उनको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको हो ।
उनी शुक्रबारदेखि तिलौराकोट सामुदायिक जंगलमा हराइरहेका थिए । हाल प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।