काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।
गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत श्रेष्ठको निधनको पुष्टि गरेका छन्। उनका अनुसार बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा दिवंगत नेता श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ।
त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको उनले जानकारी दिएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले साउन ७ गते गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गरिएको घोषणा गरेका थिए।