काठमाडौँ । सरकारले गणेश नेपालीको आत्मदाह घटनाबारे सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले घटनाको गम्भीरतालाई मध्यनजर गर्दै निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गरिएको जानकारी दिए।
समितिले आत्मदाहको कारण, घटनाको वास्तविक अवस्था र सम्बन्धित विषयमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ। केही समयअघि गणेश नेपालीले काठमाडौँको त्रिपुरेश्वर क्षेत्रमा आत्मदाह गरेका थिए।