काठमाडौँ । खाना पकाउने ग्यासको मूल्य बढाइएको छ । नेपाल आयल निगमले बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
नयाँ दरअनुसार अब खाना पकाउने ग्यासको मूल्य प्रतिवटा सिलिण्डर २ हजार १ सय ६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० रुपैयाँ तोकिएको छ ।
यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० रुपैयाँ तथा आधा सिलिण्डरको मूल्य १ हजार ५ रुपैयाँ कायम रहेको थियो ।
