काठमाडौँ । दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७, रामपुर चोकनजिक मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।