काठमाडौँ – सम्पत्ति जाँचबुझ आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। आयोग गठन कानुनसम्मत नभएको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरिएको हो।
अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ तोकिएको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन्।
रिटमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने जिम्मेवारीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित अन्य संवैधानिक तथा नियमित निकायहरू विद्यमान रहेको उल्लेख गरिएको छ। ती निकायको कार्यक्षेत्रसँग दोहोरोपन आउने गरी समानान्तर संरचना खडा गरिएको भन्दै आयोग गठनको औचित्यमाथि प्रश्न उठाइएको छ।