काठमाडौँ । ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विवादमा दुई उद्योगले विद्युत् नियमन आयोगमा उजुरी दिएका छन् ।
पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिक्सले बक्यौता रकमको ५ प्रतिशत सेवा शुल्क बुझाएर आयोगमा उजुरी दिएका हुन् ।
बक्यौता विवादमा नेपाल विद्युत् प्राधिकरणले गैरकानुनी रूपमा महसुल असुल गर्न खोजेको र विद्युत् लाइन काटेकाले त्यो कार्य रोकी पाउँ भन्दै पञ्चकन्या समूहका दुई उद्योगले निवेदन दिएको आयोगले जनाएको छ ।