काठमाडौँ । प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका ११ जनाको पदस्थापन गरिएको छ ।
बुधबार राति बढुवा भएका ११ एसएसपीहरूको पदस्थापन गरिएको हो । पदस्थापन सूचीअनुसार एसएसपी तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा पठाइएको छ ।
राकेश सिंहलाई गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा पठाइएको छ ।
राजजिबहादुर बस्नेतको नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगञ्ज बाँके)मा पठाइएको छ ।


