काठमाडौँ, १४ असोज । काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने बिपी हाइवेमा धुलिखेलदेखि मंगलटारसम्मको ४१ किलोमिटर सडकमा दश स्थानमा सडक अवरुद्ध भएको छ ।
ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेभञ्जाङ देखि कटुन्जे बेसीसम्म ७५० मिटर र रोशीपुलदेखि मंगलटारसम्म मंगलटारसम्म १७०० मिटर सडक अवरुद्ध भएको हो ।
आज साँझसम्म भकुण्डेबेसीसम्मको सडक सुचारु हुने जनाइएको छ ।
भकुण्डेबेसीदेखि कटुन्जेसम्मको नौ किलोमिटर दूरीमा दुई स्थानमा सडक अवरुद्ध छ । मेथिकनकोट अस्पताल अगाडि एक नम्बर पुलमा २५० मिटर बाटो अवरुद्ध भएको छ भने चौकी डाँडामा एक समय मिटर सडक अवरुद्ध भएको छ ।
त्यस्तै गरी कटुन्जेदेखि मंगलटारसम्मको १२ किलोमिटर दुरीमा चार स्थानमा सडक अवरुद्ध छ । बाढीले रोशीपुल बगाएको छ भने चास बेसीमा ५० मिटर सडक अवरुद्ध छ त्यस्तै नार्केबजारमा १५० र दाउन्नेमा १०० मिटर सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै गरी मंगलटारदेखि मान्तीखोलासम्मको एघार किलोमिटर सडक चार स्थानमा अवरुद्ध छ । मंगलटार नजिक चिउरी बासमा ३०० मिटर, कालढुङ्गामा ५०० मिटर, डालाबेसीमा ५०० मिटर र मान्तिखोलामा १०० मिटर सडक अवरुद्ध भएको छ ।