पर्सा, २७ श्रावण । श्रीमान् श्रीमती नै मिलेर लागुऔषध कारोबार गरेको पाइएको छ ।
बिहीबार बेलुका वीरगंज भन्सार कार्यालय अगाडी प्रहरी चौकी ईनर्वा पर्सा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको टोलीले एक महिला र पुरुषलाई ठूलो मात्रामा लागुऔषधसहित पक्राउ गरेको थियो ।
सोधपुछको क्रममा उनीहरू श्रीमान् श्रीमती रहेको खुलेको हो ।
भारतको विहार राज्य मोतीहारी सकराहा थाना-९ घर बताउने धुरेन्द्र राम र नीजको श्रीमती मधु देवीलाई लागूऔषध चार हजार ५०४ ट्याब्लेट सहित सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।
भारतको रक्सौलबाट नेपालतर्फ शंकाष्पदरूपमा आउँदै गरेका उनीहरूले बोकेको सेतो बोराभित्र “TROHMA-500” लेखिएको ४४८ पत्तामा १० पिसका दरले चार हजार ४८० पिस ट्याब्लेट र काटेको २४ पिस गरी जम्मा चार हजार ५०४ पिस ट्याब्लेट बरामद् भएको
जिल्ला प्रहरी कार्यालय पर्साका प्रक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक भारतीले जानकारी दिए ।
पक्राउ परेका दम्पत्तीउपर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी भारतीले बताए ।