काठमाडौं, २२ श्रावण । आज र भोली देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले पाँचवटा प्रदेशका ३४ जिल्लामा उच्च सतर्कता ‘हाई अलर्ट’ जारी गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले आज उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
प्राधिकरणले कोशी प्रदेशका ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा, तेह्रथुम बागमती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, दोलखा गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग, गोरखा जिल्लामा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको हो ।
त्यस्तै लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ्ग, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी जिल्लामा पनि उच्च जोखिममा रहेको जनाइएको छ ।
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रीकालीन बस नचलाउन रोक लगाइएको जनाए ।
त्यस्तै भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि सर्वसाधरणलाई आग्रह गरिएको छ ।
माथि उल्लेखित जिल्लाहरूमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि ती जिल्लाहरुका तीनवटै सुरक्षा निकायहरु तयारी अवस्थामा रहन पनि भनिएको छ।
सूचना