
काठमाडौं, १४ साउन । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ४३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परेर काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४३ जनाको मृत्यु भएको हो ।
मनसुनजन्य विपद्मा परेर काठमाडौं उपत्यकामा नौ जना, कोशी प्रदेशमा ३५ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३१ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ४४ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ६१ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
यस अवधिमा काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ७१ जनाको उद्दार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
बाढी पहिरोमा परेर कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना वेपत्ता भएका छन् ।
वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण १ सय ८४ घर डुबानमा परेका छन् । २ सय ४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
विपद्का घटनाबाट ६ सय ८ वटा पशु चौपायको मृत्यु भएको छ भने ४ हजार ४२ घर परिवार विस्थापित भएका छन् ।