चितवन । जिल्लाको राप्ती नगरपालिका-१२ मा रहेको जंगलमा मानव कंकाल फेला परेको छ ।
सोमबार बिहान जंगलमा घाँस काट्न गएका व्यक्तिले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा भेटिएका कपडाको आधारमा उक्त कंकाल सोही वडामा बस्ने ८३ वर्षीय जंगे तामाङको भएको भन्दै आफन्तले सनाखत गरेका छन् ।
तामाङ गत वैशाख २६ गतेदेखि हराइरहेका थिए ।