दमौली । जिल्लाको म्याग्दे गाउँपालिका-५ धारापानीमा बिहीबार राती भएको सडक दुर्घटनामा एकजनाको निधन भएको छ ।
हिजो राती ११:०० बजे भिमाद बेलचौतारा भित्री सडक खण्डमा भिमादबाट बेलचौतारा तर्फ जादै गरेको म.-प्र.०३-०३० प ३८५० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल थाङदी खोलामा खसेको थियो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक तनहुँ शुक्लागण्डकी नगरपालिका-७ बस्ने बर्ष २९ को अनोज गुरुङ र पछाडी सवार सोही स्थानका बर्ष २७ को बिनोद गुरुङ घाईते भएका थिए ।
दुबै घाईतेहरुलाई तत्काल उद्दार गरी उपचारको लागी जि.पि.कोईराला श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा लगिएकोमा गुरुङको उपचारको क्रममा सोही अस्पतालमा राती ११:४० बजे निधन भएको हो ।
मोटरसाइकल चालक अनोज गुरुङको लेखनाथ सिटी अस्पताल पोखरा कास्कीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए ।