
इलाम । जनकपुरबाट विद्यार्थी लिएर शैक्षिक भ्रमणमा लिएर गएको बस इलामबाट झापातर्फ फर्कने क्रममा आज साँझ दुर्घटनामा परेको छ ।
ना ६ ख ८४२४ नम्बरको बस इलाम रोङ गाउँपालिका-३ कोलबुङ स्थित मेची राजमार्गमा साँझ ५:०० बजे सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा बसमा सवार ३७ मध्ये ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले केटिएम दैनिकलाई बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरीक्षकसहितको टोली, इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको जनाइएको छ ।
घटनास्थलबाट ३६ जना घाईतेलाई उद्धार गरी उपचारको लागी झापा तर्फ पठाईएको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा १०/१२ बर्ष जस्तो देखिने बालक रुखमा अडकिएको अवस्थामा प्रहरीले उद्दार गरेको जनाएको छ ।