
सिन्धुपाल्चोक । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-३ रुन्चेडाँडा जंगलमा मानव कंङ्काल फेला परेको छ ।
बाख्रा चराउन गएका व्यक्तिहरूले मानव कङ्काल भेटिएको भन्दै हिजो बेलुका प्रहरीलाई खबर गरेका थिए ।
शरीरको मासु सडीगली हड्डीका केही भागहरू समेत चुट्टिएको अवस्थामा कंङ्काल फेला परेको हो ।
घटनास्थल नजिकै फेला परेको लुगाको आधारमा मृतक व्यक्ति पुरुष हुनसक्ने प्रहरीको अनुमान छ ।