
हेटौंडा । हेटौंडामा रहेको बागमती प्रदेश लोक सेवा आयोगको कार्यालय नजिकै नवजात शिशु फेला परेको छ ।
आज बेलुका ६:०० बजे भर्खरै जन्मेको जस्तो देखिने नवजात शिशु (छोरी) फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
नवजात शिशुलाई तत्काल उद्दार गरेर उपचारको लागि हेटौं८ अस्पताल पठाइएको डिएसपी भण्डारीले बताए ।
अहिलेसम्म बच्चा जन्माएर कसले फालेको हो भन्ने खुलेको छैन । अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशु फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।