
काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका गोरे घुम्तिमा आइतबार बिहान भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या सात पुगेको छ ।
गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
आज बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जिप एसमोडको एउटा घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । निधन हुनेमा बौदीकाली गाउँपालिका-६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, ४५ वर्षीया कमला वानटक्की रहेका छन् ।
निधन हुने अन्यमा बुलिङटार गाउँपालिका-४ का १२ वर्षीया करिश्मा ठाडा र मध्यविन्दु नगरपालिका २ मदनपुरका १८ वर्षीय चिरन अर्याल रहेको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।
निधन भएका एक जनाको अझै पहिचान खुल्न बाँकी नै छ ।