
संखुवासभा । आजभन्दा १२ वर्षअघि एक व्यक्तिको हत्या गरेर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार रहेका जिल्लाको धर्मदेवी नगरपालिका-२ घर भएका २८ वर्षीय बुद्दे भन्ने बुद्दिराज जिमीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बुद्दिराज जिमी समेतले २०६८ फागुन ३ गते स्थानीय रविन जिमीको हत्या गरेर घटना पश्चात फरार रहेका थिए ।
उनलाई प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले सोही नगरपालिका-२ तामाफोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक राम कुमार लामिछानेले केटिएम दैनिकलाई बताए ।
उनलाई आवश्यक कानुनी कारबाहीको लागि संखुवासभा जिल्ला अदालत चैनपुरमा पेश गरिएको छ ।