
काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये ४ नेपाली विद्यार्थीहरुको शव नेपाल ल्याइएको छ ।
पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको हो। आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने बताइएको छ ।
अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ ।
७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती शवहरूलाई परराष्ट्रमन्त्री, इजरायलका राजदूत लगायतले अन्तिम बिदाइ गरेका छन्।




