
बनेपा । काभ्रेको पनौती नगरपालिका-१० दाहालटारमा रोकी राखेको बोलेरोमा स्कुटरले ठक्कर दिँदा स्कुटर चालकको निधन भएको छ ।
आज बेलका ५:४५ बजे बा ७ च ६२७७ नम्बरको बोलेरोमा पनौतीबाट दाहालटारतर्फ जादै गरेको बा ६५ प ७१३९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा स्कुटर चालक र पछाडी सवार व्यक्ति घाइते भएका थिए ।
घाइते दुवैलाई तत्काल उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो ।
घाइते चालक पनौती नगरपालिका-७ बसपार्क बस्ने वर्ष १६ को ईरोज ताम्राकारको उपचारको क्रममा निधन भएको काभ्रे प्रहरी प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
स्कुटरमा रहेका पनौती-७ ठाडोबाटो बस्ने वर्ष १७ को सुबोध श्रेष्ठको सोही अस्पतालमा उपचार जारी छ ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई ईलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।